समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रजातान्त्रिक गणतन्त्र लाओसका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्। शाङ्घाइ सहयोग सङ्गठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका ओलीले सोमबार बिहान सिसौलिथसँग दुई पक्षीय वार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ।
यसअघि ओलीले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्र र सरकार प्रमुखसँग पनि भेट गरिसकेका छन्। ओलीले सोमबारै एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।








