Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग पछिल्ला दुई वर्षभित्र लगातार दोस्रो पटक भेटवार्ता गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँगको द्विपक्षीय भेटघाटलाई ‘फलदायी’ भएको बताएका छन् ।

भेटवार्तापछि सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर) मार्फत प्रधानमन्त्री ओलीले नेपाल-चीनबीचको द्विपक्षीय सहयोग र सहकार्यमा भएका प्रगतिको समीक्षा गरिएको जानकारी दिएका छन् । साथै, आगामी दिनमा आपसी सहकार्यलाई अझ प्रगाढ बनाउनेबारे दुई नेताबीच सहमति भएको उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, ‘दुई वर्षमा लगातार दोस्रो पटक राष्ट्रपति सीसँग भेटेर फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको छ । हामीले विभिन्न विषयमा भएको प्रगतिलाई समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्य अझ प्रगाढ बनाउन सहमति जनायौं ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई एससीओ प्लस शिखर सम्मेलनमा निम्तो दिएकोमा पनि धन्यवाद ज्ञापन गरेका छन् । यो भेटघाट उत्तरी चीनको तियान्जिनमा भोलि (भदौ १५ गते) बाट सुरु हुने एससीओ सम्मेलनको पूर्वसन्ध्यामा भएको हो । प्रधानमन्त्री ओलीले एससीओ प्लस शिखर सम्मेलनलाई पर्सी (भदौ १६ गते) सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो उच्चस्तरीय भेटवार्ताले नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बनाउनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका नयाँ आयामहरू खोल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया