Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोडसेडिङ अन्त्य गराएर ‘उज्यालोको नायक’को रूपमा परिचित नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नयाँ राजनीतिक पार्टी निर्माणको तयारीमा लागेका छन्। पार्टी बनाउनुअघि जनताको मनोविज्ञान बुझ्न उनले ‘उज्यालो नेपाल’ नामक अभियान सुरु गरेका छन्। यस अभियानका क्रममा देशभित्र र विदेशमा रहेका नेपालीहरूबाट उनलाई सकरात्मक प्रतिक्रिया प्राप्त भएको घिसिङले बताएका छन्।

शनिबार युरोप भ्रमण सकेर नेपाल फर्किएका घिसिङ यसअघि खाडी मुलुक, अमेरिका, बेलायत र युरोपका विभिन्न शहरमा आयोजित कार्यक्रम तथा अन्तर्क्रियामा सहभागी भएका थिए। विद्युत् प्राधिकरणको नेतृत्वबाट हटाइएपछि उनले ‘उज्यालो नेपाल’ अभियान सुरु गरेका थिए। नेपाल फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ पार्टी निर्माणको संकेत गर्दै भने, “धेरै सुझाव आएको छ। राम्रो टिम बनेर सामूहिक प्रयास गर्नुपर्छ। हरेक क्षेत्रमा सक्षम व्यक्तिहरू आउनुपर्छ। केही गर्न सक्नेहरू एकजुट भएर देश बनाउन लाग्नुपर्छ।”

बेलायतमा आयोजित कार्यक्रममा पनि घिसिङले राजनीतिमा प्रवेशको स्पष्ट संकेत गरेका थिए। उनले नेपालका युवाले परिवर्तन चाहिरहेको र परिणाम दिन सक्ने नेतृत्व खोजिरहेको उल्लेख गर्दै ‘उज्यालो नेपाल’ अभियानलाई निरन्तरता दिने बताए।

तपाईको प्रतिक्रिया