Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026
क्रमशः सुलभ खरेल, पार्थवेन्द्र उपााध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जितबहादुर गुप्ता (जेबी), कसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते रुपन्देही-३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई तीव्रता दिएको छ । सोही सन्दर्भमा आज बिहान ७ बजेदेखि दोस्रो चरणको प्रारम्भिक निर्वाचन सुरु भएको छ । यो निर्वाचन भोलि साँझ ७ बजेसम्म चल्नेछ ।

रास्वपाका सहमहामन्त्री विपिन आचार्यले जानकारी गराएअनुसार, यस चरणमा रुपन्देही-३ का पार्टी सदस्यहरू, पार्टीका तहगत समितिमा रहेका सदस्यहरू तथा केन्द्रीय समिति सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउनेछन् । उनीहरूले पार्टीको मोबाइल एपमार्फत नौ जना उम्मेदवारमध्ये एक जनालाई मतदान गर्नेछन् । यदि कुनै पनि उम्मेदवार मन नपरेको खण्डमा ‘अफ द अभव’ (नाटा) विकल्पमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

आचार्यले उम्मेदवार छनोट विधिका लागि प्रारम्भिक निर्वाचनको कुल भाराङ्क ५० प्रतिशत रहेको बताए । यस ५० प्रतिशत भाराङ्कलाई तीन मुख्य पक्षमा विभाजन गरिएको छ:

  • रुपन्देही–३ का पार्टी सदस्यहरूको मतदानको भाराङ्क: ८० प्रतिशत

  • रुपन्देही–३ भित्र मतदाता रहेका पार्टीका तहगत समितिका सदस्यहरूको मतदानको भाराङ्क: १० प्रतिशत

  • केन्द्रीय समिति सदस्यहरूको मतदानको भाराङ्क: १० प्रतिशत

राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाकालदेखि नै ‘डिजिटल डेमोक्रेसी’लाई आफ्नो आधारभूत डीएनएका रूपमा अँगालेको आचार्यले बताए । उनले यस महत्त्वपूर्ण आन्तरिक प्रारम्भिक निर्वाचनमा सहभागी हुन सम्बन्धित सबैलाई हार्दिक आह्वान गरेका छन् ।

पहिलो चरण अन्तर्गतको ५० प्रतिशत मत भाराङ्क लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जेमिटि र समावेशी प्रक्रियाका आधारमा सम्पन्न भइसकेको आचार्यले जानकारी दिए । प्रारम्भिक निर्वाचनको परिणाम आएपश्चात् आगामी भदौ १५ गते उम्मेदवारको औपचारिक घोषणा गरिनेछ । 

तपाईको प्रतिक्रिया