Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – जापानमा जुलाई महिनामा विदेशी पर्यटकको संख्याले नयाँ कीर्तिमान बनाएको छ । सरकारी तथ्याङ्क अनुसार, गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भई ३४ लाख पर्यटक जापान भित्रिएका छन्, जुन जुलाई महिनाको लागि अहिलेसम्मकै उच्च हो । अन्य देशहरूमा विद्यालयको छुट्टी परेकाले पनि पर्यटकको संख्या बढेको अनुमान गरिएको छ ।

पछिल्लो समय जापानी संस्कृति, विशेषगरी ‘एनिमे’को विश्वव्यापी लोकप्रियता र येनको अवमूल्यनका कारण जापान एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।

जापान राष्ट्रिय पर्यटन संगठनका अनुसार, देश र क्षेत्रका आधारमा चिनियाँ पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ । चीनबाट गत वर्षको तुलनामा २५.५ प्रतिशतले वृद्धि भई ९ लाख ७४ हजार ५०० पर्यटक आएका छन् । त्यसपछि दक्षिण कोरियाबाट ६ लाख ७८ हजार ६०० पर्यटक आएका छन्, यद्यपि यो संख्या गत वर्षभन्दा १०.४ प्रतिशतले कम हो ।

तेस्रो स्थानमा ताइवानका आगन्तुकहरू रहेका छन्, जसको संख्या ५.७ प्रतिशतले बढेर ६ लाख ४ हजार २०० पुगेको छ । जापान र ताइवानबीच उडान संख्या बढेकाले पर्यटक आगमनमा वृद्धि भएको बताइएको छ ।

संगठनका अनुसार, संयुक्त राज्य अमेरिका, फ्रान्स र इन्डोनेसिया लगायत १५ वटा बजारबाट जुलाई महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

नकारात्मक हल्लाको प्रभाव
यद्यपि, हङकङ र दक्षिण कोरियाबाट आउने पर्यटकको संख्यामा भने कमी आएको छ । सामाजिक सञ्जालमा जापानमा जुलाई महिनामा विनाशकारी प्राकृतिक प्रकोप आउने हल्ला फैलिएकाले यी दुई देशबाट यात्रा माग घटेको संगठनले जनाएको छ ।

विशेषगरी, जापानी कलाकार रयो तात्सुकीको मङ्गा ‘द फ्युचर आई स’ (मैले देखेको भविष्य) मा गरिएको एक भविष्यवाणीपछि जुलाई ५ मा भूकम्प जाने हल्ला फैलिएको थियो । यस हल्लाका कारण जापान र हङकङबीचका केही नियमित उडानहरू समेत रद्द भएका थिए ।

तपाईको प्रतिक्रिया