Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड र दासढुङ्गा दुर्घटनाबारे अझै स्पष्ट जवाफ नआएको भन्दै प्रश्न उठाएका छन्। राष्ट्रप्रमुखको सुरक्षाभित्रै दरबार हत्याकाण्ड कसरी सम्भव भयो भन्ने जनताले जान्नुपर्ने उनले बताए। यादवले अनुमानका आधारमा कसैमाथि दोषारोपण गर्नु गलत हुने भन्दै १८ वर्षअघिको गौर नरसंहारमा आफू संलग्न नरहेको दाबी गरे। उनले सो घटनामा चार वटा निकायले अनुसन्धान गरिसकेको र राष्ट्रसंघसहित मानवअधिकार आयोगले प्रतिवेदनसमेत दिएको जानकारी दिए।

उनका अनुसार गौर घटनाको समयमा माओवादीका छापामारले आक्रमण गरेका थिए तर आफ्ना कार्यकर्ता त्यहाँ उपस्थित थिएनन्। त्यहाँ हजारौँ गाउँले मात्र रहेको र माओवादीका अपहरण, फिरौतीजस्ता गतिविधिप्रति जनआक्रोशका कारण झडप भएको हुनसक्ने उनले बताए। यादवले पाटन उच्च अदालतका मुख्य न्यायाधीशको संयोजकत्वमा बनेको न्यायिक आयोगले समेत गौर घटनामा छानबिन गरेको र राजनीतिक प्रतिसोधका लागि मुद्दा प्रयोग गर्नु गलत हुने टिप्पणी गरे।

२०६३ चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा भएको झडपमा माओवादीका २७ कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए। सो दिन मधेसी जनअधिकार फोरम र माओवादीले एउटै स्थानमा कार्यक्रम आयोजना गरेका थिए। हालै सर्वोच्च अदालतले सो घटनाको छानबिन अघि बढाउन आदेश दिएको छ।

तपाईको प्रतिक्रिया