Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले राज्यसत्ताले आफ्नो हत्या प्रयास गरेको गम्भीर आरोप लगाएका छन् । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा आफूलाई ‘इन्काउन्टर’ गर्ने उद्देश्यले गोली चलाइएको दाबी उनले गरेका हुन् ।

जेलबाट रिहा भएपछि सोमबार आयोजित पहिलो पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले सरकार आफ्नो अभियानबाट अत्तालिएकाले विभिन्न लान्छना लगाएर सिध्याउन खोजेको जिकिर गरे । ‘हाम्रो अभियानले आम नागरिकलाई सचेत गराएपछि राज्यसत्ता हामीसँग डरायो,’ प्रसाईंले भने, ‘चैत १५ गते मलाई मार्छन् भन्ने हामी सबैलाई थाहा थियो र म त्यसैअनुसार तयारीसाथ गएको थिएँ ।’

उनले घटनाको विवरण दिँदै थपे, ‘तीनकुने पुग्नुभन्दा ४५ मिनेट अगाडि नै मञ्चको पछाडिपट्टिको घरबाट मलाई ताकेर गोली चलाइएको थियो । अघिल्लो दिन नै ‘तँलाई मार्छ’ भनेर खबर आएको थियो । मलाई इन्काउन्टर गर्ने आदेश रहेछ ।’

आफ्नो धारणालाई थप बल दिन उनले नेपालका दुई चर्चित र रहस्यमय मृत्यु प्रकरणलाई समेत सत्तासँग जोडेर विवादास्पद टिप्पणी गरे । ‘यो देशमा मदन भण्डारी बाँचेको भए अरू कसैको पालो आउने थिएन,’ प्रसाईंले भने, ‘राजा वीरेन्द्रलाई नमारेको भए हिन्दूराष्ट्रको अस्तित्व पनि जाने थिएन । यहाँ केवल कसरी कुर्सी तान्ने र सत्ताको लुछाचुँडी गर्ने भन्ने खेल भइरहेको छ ।’

उनले नयाँ शक्ति उदाउँदा राज्यसत्ता सधैँ डराउने गरेको र आफ्नो अभियान पनि त्यसैको सिकार भएको दाबी गरे । आफूहरूले शान्तिपूर्ण रूपमा कार्यक्रम गर्न खोज्दा पनि धक्कामुक्की गरेर गोली चलाइएको उनको आरोप थियो ।

तपाईको प्रतिक्रिया