समाचार सुन्नुहोस :
काठमाडौँ – रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा सारिने भएको छ। कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेको निवेदनअनुसार नै नख्खु कारागारमा स्थानान्तरण गर्न विभागले रुपन्देही कारागारलाई पत्राचार गरेको छ।
‘लामिछानेको मागअनुसार नै स्थानान्तरण गर्ने निर्णय गरेर रुपन्देही कारागारलाई जानकारी दिएका छौँ,’ महानिर्देशक शर्माले बताए। उनका अनुसार जिल्ला कारागारले आवश्यक सुरक्षा व्यवस्था मिलाएर स्थानान्तरण प्रक्रिया अघि बढाउनेछ।








