Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

टोकियो – गत महिना एक सपिङ सेन्टरमा ३० वर्षीया महिलामाथि रङ स्प्रे गरेको आरोपमा टोकियो प्रहरीले एक ६१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साइतामा प्रिफेक्चरको सोका शहरका हिदेओ नेगिशी रहेका छन् । प्रहरीका अनुसार उनले आक्रमण र सम्पत्ति क्षतिको आरोप स्वीकार गरेका छन् ।

सांकेई शिम्बुनले रिपोर्ट गरेअनुसार नेगिशीले प्रहरीलाई भने, ‘मैले उनलाई अन्धो बनाउने, हिँड्न नसक्ने बनाउने र त्यसपछि चक्कुले आक्रमण गर्ने मनसाय बनाएको थिएँ ।’ घटना जुलाई १ को साँझ ६ बजेतिर टोकियोको अदाची वार्डमा रहेको एक सपिङ सेन्टरमा भएको थियो । नेगिशीले अपरिचित ती महिलामाथि रङ छ्यापेका थिए, जब उनी आफ्नो स्मार्टफोन हेरिरहेकी थिइन् ।

प्रहरीका अनुसार नेगिशीले आफूलाई दीर्घकालीन रोग लागेको र ऋणमा डुबेका कारण जेल जान चाहेको बताएका छन् । उनले आक्रमण गर्नका लागि कुनै व्यक्ति खोजिरहेको र चक्कुले प्रहार गर्दा लामो समयसम्म जेल सजाय हुने विश्वासमा रहेको बताए । आक्रमणबाट महिलालाई कुनै चोटपटक लागेको छैन । सपिङ सेन्टरमा रहेको सुरक्षा क्यामेराको फुटेज विश्लेषणपछि नेगिशीको पहिचान गरी पक्राउ गरिएको हो ।

तपाईको प्रतिक्रिया