Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानले महिलाको औसत आयुमा आफ्नो विश्वव्यापी प्रभुत्व कायमै राखेको छ । सन् २०२४ को तथ्यांकअनुसार, जापानी महिलाहरू लगातार ४०औं वर्ष विश्वमै सबैभन्दा लामो समय बाँच्ने महिला बनेका छन् ।

शुक्रबार सार्वजनिक तथ्यांकअनुसार, उनीहरूको औसत आयु ८७.१३ वर्ष रहेको छ, यद्यपि यो गत वर्षको तुलनामा ०.०१ वर्षले सामान्य गिरावट हो । यसैबीच, जापानी पुरुषहरूको औसत आयु ८१.०९ वर्षमा स्थिर रहे पनि विश्वव्यापी वरीयतामा भने उनीहरू एक स्थानले खस्किएर छैटौं स्थानमा पुगेका छन् ।

विश्वव्यापी वरीयतामा जापानी महिलापछि दक्षिण कोरिया (८६.४० वर्ष) र स्पेन (८६.३४ वर्ष) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । पुरुषतर्फ भने स्विडेन ८२.२९ वर्षको औसत आयुसहित पहिलो स्थानमा छ । त्यसपछि स्वीट्जरल्यान्ड (८२.२० वर्ष) र नर्वे (८१.५९ वर्ष) रहेका छन् ।

कोभिड-१९ महामारीको प्रभावका कारण सन् २०२१ र २०२२ मा जापानमा महिला र पुरुष दुवैको औसत आयुमा गिरावट आएको थियो । तर, २०२३ मा महामारीको असर कम भएसँगै औसत आयुमा पुनः सुधार देखिएको थियो ।

अध्ययनले भविष्यमा हुने मृत्युका कारणबारे पनि रोचक प्रक्षेपण गरेको छ । प्रक्षेपणअनुसार, करिब २५.५९ प्रतिशत पुरुषको मृत्यु क्यान्सरबाट हुने सम्भावना छ । महिलाहरूमा भने वृद्धावस्था प्रमुख कारण देखाइएको छ, जसबाट करिब २०.७५ प्रतिशतको मृत्यु हुने अनुमान छ । यो महिलामा क्यान्सरबाट हुने मृत्यु (१९.०६%) भन्दा बढी हो ।

तपाईको प्रतिक्रिया