Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसले पेरिस प्यारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक जिताउने पलेशा गोवर्धनलाई रु ५ लाखसहित सम्मान गरेको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले पलेशालाई सो रकमको चेक हस्तान्तरण गरे।

पलेशाले पेरिस पारा ओलम्पिक २०२४ को के–४४ तेक्वान्दो विधाअन्तर्गत ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन्।

२१ वर्षीय पलेशा हाल चीनमा आर्किटेक्चरको अध्ययन गरिरहेकी छन्। नेपालको ओलम्पिक्स इतिहासमा पहिलो पटक पदक जितेकी उनलाई सरकारले कर नकटाई रु ६५ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ भने अन्य विभिन्न संस्थाहरूले पनि थप पुरस्कारको घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया