Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – पेरिस पारालिम्पिक अन्तर्गत पारा तेक्वान्दोमा कास्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरिएको छ। तेक्वान्दो टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसहित राष्ट्रिय खेलकुद परिषदको टोली बाजागाजासहित त्रिभुवन विमानस्थलमा पुगेको थियो।

त्यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइएको थियो। आज बिहान नेपाल आइपुगेकी उनको स्वागत र सम्मानमा राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भएको पलेशाको नगर परिक्रमा गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर सम्पन्न भएको छ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले ऐतिहासिक कांस्य पदक जितेकी हुन्।

 

 

तपाईको प्रतिक्रिया