Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – साफ यू-२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो सेमिफाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ । समूह एको विजेता नेपाल आज भुटानलाई हराउँदै अपराजित रूपमा फाइनल खेल्न चाहन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपालका लागि भुटान सहज प्रतिद्वन्द्वी भने होइन । पछिल्लो समय नियमित प्रशिक्षणमा रहेको भुटानी युवा टोली निकै लयमा छ । पछिल्लोपटक सन् २०१९ मा घरेलु मैदानमा भएको खेलमा नेपाल भुटानसँग ३-० गोलअन्तरले हराएको थियो । सन् २०१७ मा पनि नेपाली युवा टोलीले भुटानसँगै हारेको थियो । यसपटक भने नेपाल भुटानको चुनौती पन्छाउँदै उपाधिको नजिक पुग्ने योजनामा छ ।

भुटानी टोली पनि नेपाललाई घरेलु मैदानमै स्तब्ध पार्दै च्याम्पियनसिपको फाइनल खेल्ने दाउमा छ । पछिल्लो समय उमेर समूहदेखि नै फुटबलमा लगानी बढाइरहेको भुटानले अपेक्षाकृत नतिजा हात पारिरहेको छ । जारी च्याम्पियनसिपमा पनि भुटानी युवा टोलीको प्रर्दशन प्रशंसायोग्य छ ।

नेपालले समूह चरणमा श्रीलंकालाई १-० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशलाई २-१ गोलअन्तरले हराउँदै सेमिफाइनलमा पुगेको हो । पहिलो खेलमा भारतसँग २-१ ले पराजित भुटान भने समूह चरणको दोस्रो खेलमा माल्दिभ्सलाई २-१ गोलअन्तरले नै हराएर सेमिफाइनलमा प्रवेश गरेको हो । भुटान भारत र मालदिभ्सविरुद्ध दुवै खेलमा १० खेलाडीमा सीमित भएको थियो ।

samudra-pari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया