Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – माल्दिभ्सलाई पराजित गर्दै भारत २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई १–० गोलले हरायो। भारतका लागि निर्णायक गोल इन्ज्युरी समयमा किप्गेनले गरे। माल्दिभ्सले दुवै खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरियो। यस समूहबाट भुटान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। नेपाल समूह ‘ए’ को विजेता र बङ्गलादेश उपविजेता बन्दै पहिल्यै सेमिफाइनलमा पुगिसकेका छन्। सेमिफाइनलमा नेपालले भुटानसँग र भारतले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछन्।

तपाईको प्रतिक्रिया