Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले बंगलादेशलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा नेपाल समूह ‘ए’ को विजेता समेत बनेको छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले हराएको थियो।

समूह ‘ए’ को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा भए। निराजन धामी र समिर तामाङको गोलले नेपालले २–० को अग्रता बनायो, जबकि बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा इस्लामको गोलमार्फत एक गोल फर्कायो।

हारे पनि बंगलादेश समूह उपविजेता बन्यो र सेमीफाइनलमा प्रवेश गर्‍यो। श्रीलंका भने दुई खेलमा पराजित भई समूह चरणबाट बाहिरिएको छ। नेपालले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग खेल्ने। बंगलादेश भने समूह ‘बी’ को विजेतासँग भिड्नेछ। समूह ‘बी’ मा भारत, भुटान र मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेको छ। त्यसको अन्तिम निर्णय शुक्रवार भारत र मालदिभ्सबीचको खेलले गर्नेछ।

 

 

तपाईको प्रतिक्रिया