बङ्गलादेशले श्रीलङ्कालाई हराउँदा नेपाल एक खेलअघि नै सेमिफाइलनमा
समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालले घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जित हासिल गर्दै बंगलादेशले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल र बंगलादेश दुबै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका हुन्।यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई १–० ले हराउँदै तीन अंक जोडेको थियो। अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ।
भदौ २ गतेदेखि सुरु भएको यस प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ टिमको सहभागिता रहेको छ। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।