Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालले घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सुनिश्चित भएको हो।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जित हासिल गर्दै बंगलादेशले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपाल र बंगलादेश दुबै समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेका हुन्।यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकालाई १–० ले हराउँदै तीन अंक जोडेको थियो। अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेता र उपविजेता निर्धारण हुनेछ।

भदौ २ गतेदेखि सुरु भएको यस प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ टिमको सहभागिता रहेको छ। समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

तपाईको प्रतिक्रिया