Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्पेनिस लालिगा फुटबलको नयाँ सिजन बिहीवार रातिदेखि सुरु भएको छ। २०२४–२५ सिजनको पहिलो खेलले उत्साहजनक शुरुआत गर्दै दुई खेल बराबरीमा सकिएका छन्।

पहिलो खेलमा एथ्लेटिक क्लब बिल्बाओ र गेटाफेले १-१ गोलको बराबरी खेलेका छन्। एथ्लेटिक क्लबका ओइहान सन्सेटले २७औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए पनि गेटाफेका क्रिस्टान्टस उचेले ६४औं मिनेटमा बराबरी गोल फर्काए।

दोस्रो खेलमा रियल बेटिस र जिरोनाले पनि १-१ को बराबरी खेले। बेटिसले छैटौं मिनेटमा मार्क बाट्राको गोलले अग्रता बनाएको थियो, तर जिरोनाका गाब्रियल मिसओउले ७२औं मिनेटमा बराबरी गोल गर्दै पाहुना टोलीलाई हारबाट जोगाए।

सिजनको उत्साह जारी राख्दै शुक्रवार राति सेल्टा भिगो र डिपोर्टिभो अलाभेसबीच खेल हुने छ।

तपाईको प्रतिक्रिया