Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानका प्रसिद्ध फुटबलर केसुके होण्डा नेपाल आइपुगेका छन्। तीनपटक फिफा विश्वकपमा सहभागी भइसकेका होण्डा एएफसी च्यालेन्ज लिग छनोटको प्लेअफ खेल्न भुटानको पारो फुटबल क्लबसँग नेपाल आएका हुन्।

होण्डासहित भुटानी टोली शनिवार नेपाल अवतरण गरेको हो। भुटानी टोलीले नेपालका चर्च ब्वाइज युनाइटेडसँग खेल्ने तालिका छ। होण्डा यसै वर्ष भुटानी क्लब पारोमा आबद्ध भएका हुन्।

काठमाडौँको दशरथ रङ्गशालामा आगामी मङ्गलवार साँझ ६ बजे भुटानी टोलीले प्रतिस्पर्धा गर्नेछ। सन् २०११ मा जापानले एसियन कप जित्दा महत्त्वपूर्ण भूमिका खेलेका होण्डाले २००८ देखि २०१८ सम्म जापानको राष्ट्रिय टोलीका लागि ३७ गोल गरेका छन्। उनी कम्बोडियाको राष्ट्रिय टिम र यू-२३ टिमको प्रशिक्षकको भूमिका पनि निभाइसकेका छन्।

होण्डाले इटलीको प्रसिद्ध क्लब एसी मिलान र रसियन क्लब सिएसकेए मस्को जस्ता क्लबहरूका लागि व्यवसायिक फुटबल खेलिसकेका छन्। चर्च ब्वाइज युनाइटेडको टोलीमा कप्तान अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, लकेन लिम्बु, सनिश श्रेष्ठ, र दीप कार्की लगायतका खेलाडीहरू छन्। यस क्लबले ए डिभिजन लिगको उपाधि जितेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया