Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आजदेखि काठमाडौँ उपत्यकामा पोलियोविरुद्धको विशेष खोप अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप शाखाले साउन १२ गतेसम्म खोप अभियान चलाउने योजना बनाएको छ। मन्त्रालयले पाँच वर्षसम्मका बालबालिकालाई घर–घरमै पुगेर खोप दिने व्यवस्था मिलाएको छ।

नियमित खोप लिइसकेका बालबालिकाले पनि यो खोप अनिवार्य रूपमा लिनुपर्ने बताइएको छ। काठमाडौँका ढलमा ‘भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३’ भेटिएपछि सरकारले यो विशेष खोप अभियान सुरु गरेको हो। बागमती र टुकुचामा मिसिएको पानी परीक्षण गर्दा उक्त भाइरस पुष्टि भएको हो।

 

तपाईको प्रतिक्रिया