Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा प्रदान गरिने आईसीसी डिजिटज फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड यस वर्ष जितेको छ।

यसअघि नेपाल एसिया क्षेत्रको विजेता बनेर ग्लोबल अवार्डका लागि मनोनित भएको थियो। आईसीसीले विभिन्न ६ शीर्षकमा डेभलपमेन्ट अवार्ड अन्तर्गत ग्लोबल अवार्ड प्रदान गर्दछ। आईसीसीले आफ्ना एसोसियट सदस्यहरूले क्रिकेटको विकासमा पुर्‍याएको योगदानको आधारमा यी अवार्डहरू प्रदान गर्दछ।

यस वर्षका अन्य पुरस्कार विजेताहरूमा, ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दी इयर अवार्ड’ मेक्सिको, ‘१०० पर्सेन्ट क्रिकेट फिमेल क्रिकेट इनिसियटिभ अफ दी इयर अवार्ड’ ओमान, ‘आईसीसी एसोसियट मेम्बर मेन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ नेदरल्यान्ड्स, ‘आईसीसी एसोसियट मेम्बर वुमन्स पर्फमेन्स अफ दी इयर अवार्ड’ यूएई, र ‘क्रिकेट फर गुड सोसियल इम्प्याक्ट इनिसियटिम अफ दी इयर अवार्ड’ स्कटल्यान्ड रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया