Deneme Bonusu Veren Siteler
बुधबार, असार ३, २०८३
Wednesday, June 17, 2026

काठमाडौं – बुद्ध एयरको नमुना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोग गरेको जानकारी दिएको हो ।

सामाजिक सञ्जालमा अभयले बनाएको नमुना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि कम्पनीले सो फोटो आफ्नो सामाजिक सञ्जालका अकाउन्टमा राखेको थियो । ‘केही दिनअघि हामीले हाम्रो एटीआर-४२ आरसी विमानको नमुना बनाउनु हुने अभय परियारको फोटो शेयर गरेका थियौँ,’ बुद्ध एयरले भनेको छ, ‘परियारलाई उक्त अद्भुत सिर्जनाका लागि बधाई दिन हाम्रो टोली चितवन रत्ननगर पुगेको थियो ।’

परियारलाई बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले नगद पुरस्कार र प्रशंसा पत्र प्रदान गरे । कम्पनीले परियारको उक्त सिर्जनाका लागि बधाई तथा उनको उज्ज्वल भविष्यको कामना गरेको छ ।

पुरस्कार पाइसकेपछि परियारले आफू प्रेरित भएको प्रतिक्रिया दिए । केही समयअघि सामाजिक सञ्जालमा परियारले बनाएको बुद्ध एयर र नेपाली सेनाको नमुना जहाज भाइरल भएको थियो ।

तपाईको प्रतिक्रिया