Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – महिनावारी सुकेको ५ वर्षपछि काठमाडौँकी एक महिलाले आईभीएफ प्रविधिबाट जुम्ल्याह सन्तान जन्माएकी छिन् । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलको आईभीएफ सेन्टरमा ५२ वर्षीया महिलाले आईभीएफ प्रविधिमार्फत एकै पटक दुई बच्चा जन्माएकी हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बढ्दो उमेर समूहमा जोखिम बढी हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै गर्भाअवस्थादेखि नै उच्च निगरानीमा राखेर ती महिलाकाे उपचार गरिएको नर्भिक हस्पिटलले जानकारी दिएको छ । शल्यक्रियामार्फत जन्मिएका दुवै सन्तान र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको नर्भिककी वरिष्ठ टेस्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले बताइन् । सामान्यतः बढ्दो उमेर समूहका महिलामा गर्भाधारण गर्ने र सन्तान जन्माउन सक्ने अवस्थालाई जटिल रूपमा हेर्ने गरिन्छ ।

यसअघि नर्भिकमै ५५ वर्षीया महिलाले आईभीएफ प्रविधिमार्फत सन्तान पाएकी थिइन् । अस्पतालका अनुसार पछिल्लो ६ महिनामा नर्भिकमा आईभीएफमार्फत गर्भाधारण गरिएका ६१ जना महिला ४६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् ।

तपाईको प्रतिक्रिया