Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – नेपाली अर्थोडक्स चियामा आजदेखि ‘ट्रेसाविलिटी प्रणाली’ लागू गरिएको छ । उक्त प्रणाली प्रारम्भ भएपछि चिया उत्पादक कम्पनीको उत्पादन बिक्री वितरण गर्दा सूचना अनिवार्य बारकोडमा राख्नुपर्ने व्यवस्था गरिएको छ । उपभोक्ताले चियाबारे आवश्यक सूचना बारकोडबाट प्राप्त गर्ने हुँदा गुणस्तर, तौलमा ठगी हुन पाउँदैन ।

काठमाडौंमा आयोजित कार्यक्रममा कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो प्रणालीको शुभारम्भ गरे । सो अवसरमा मन्त्री भुसालले गत वर्ष नेपालले करिब १३ हजार मेट्रिक टन चिया भारतलगायत तेस्रो मुलुकमा निर्यात गरेको जानकारी दिँदै चियाको उत्पादनमा वृद्धि तथा निर्यात प्रवद्र्धन गर्न सकेमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा बलियो योगदान गर्न सक्ने बताए ।

मन्त्री रिजालले नेपालमा करिब २० हजार हेक्टरमा अहिले चिया रोपन तथा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने गरेकामा खुशी व्यक्त गर्दै अन्तर्राष्ट्रिय बजारमा हुने चिया निर्यातले बढ्दो व्यापारघाटा न्यूनीकरण गरी कृषकको आर्थिक रुपान्तरण हुने विचार व्यक्त गरे ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २७ औं ‘राष्ट्रिय चिया दिवस’ का सन्दर्भमा बिहीबारदेखि तीन दिनसम्म चिया प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमअन्तर्गत बिहीबार चिया कृषक पाण्डव तिमिल्सिना, उषा सुब्बा र दिलकुमार राईलाई चिया उद्यमी पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई रु एक लाख ५० हजार राशिसहित पुरस्कार वितरण गरिएको हो ।

दिवसमा चिया उत्पादक किसान, प्रशोधक, उद्योगी व्यवसाय, विक्रेता, उपभोक्ता, विभिन्न राष्ट्रबाट सहभागी हुने कूटनीतिज्ञलगायत विशिष्ट व्यक्तिको सहभागितामा आज नेपाल पर्यटन बोर्डमा चौथो अन्तर्राष्ट्रिय चिया महोत्सव समेत गरिएको छ । महोत्सवमा विभिन्न प्रकारका चिया प्रदर्शनी गरियो । दिवसका सन्दर्भमा इलाममा चियाका बगैँचा अवलोकनका लागि भ्रमणका साथै नेपाली र विदेशी चिया व्यापारीबीच शिष्टाचार व्यापारिक बैठक गराइने कार्यक्रम छ ।

यस वर्ष ‘गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ’ भन्ने मूल नारासाथ दिवस मनाउन लागिएको छ । विसं १९२० मा इलाममा चियाखेती सुरु भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई विसं २०३९ मा चिया क्षेत्रका रूपमा घोषणा गरी सरकारी तहबाट व्यावसायिक चियाखेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।

तपाईको प्रतिक्रिया