Deneme Bonusu Veren Siteler
मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

काठमाडौं – सरकारले विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नो अब्जेक्सन लेटर (एनओसी) मा रोक लगाएको भन्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ । विभिन्न इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले आज बिहान बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडिको विस्तारित सडकमा भेला भएर डेढ दर्जन विद्यार्थीहरूले तत्काल एनओसी दिने व्यवस्था मिलाउन माग गरे । सरकारले ल्याउन लागेको एनओसी विधेयक खारेज गर्न माग गर्दै उनीहरूले चर्को नाराबाजीसमेत गरेका थिए ।त्यसक्रममा उनीहरूले ‘हामीलाई एनओसी चाहियो’, ‘सरकारले ल्याउन खोजेको एनओसी विधेयक खारेज गर’, ‘हाम्रो भविष्यमाथि खेलबाड गर्न पाइँदैन’, ‘सरकार हामीलाई खाडी नपठा’, ‘हाम्रो माग पूरा गर’, ‘नालायक शिक्षा मन्त्री राजीनामा दे’, आतङ्क सरकार मुर्दावाद’जता नारा लगाइएका थिए । सरकारले गत चैत १२ गतेदेखि एनओसी दिन रोक लगाएको छ ।

तपाईको प्रतिक्रिया