Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराई दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को १७औँ शिखर सम्मेलनमा भाग लिएर शनिबार राति काठमाडौं फर्कंदैछन् । सम्मेलनले आगामी १८ औं शिखर सम्मेलन नेपालमा गर्ने निर्णय गरेको छ ।
माल्दिभ्सको अड्डु टापुमा शुक्रबार सकिएको सम्मेलनपछि ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री फर्कन लागेका हुन् । उनी मङ्गलबार त्यसतर्फ गएका थिए ।
सम्मेलन शुक्रबार १० बुँदे अड्डु घोषणापत्र तथा चार सम्झौता गर्दै सम्पन्न भएको थियो । समापन मन्तव्य पनि प्रधानमन्त्रीले सम्मेलनमा रोखका थिए ।
माल्दिभ्सको एड्डु सिटीमा भएको सम्मेलनमा सार्क राष्ट्रका आठ मुलुकका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता थियो  । सार्कमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, माल्दिभ्स र अफगानिस्तान आबद्ध छन् ।
‘विल्डिङ विजेज’ भन्ने नाराका साथ भएको सम्मेलनमा विगतका सम्मेलनमा भएका प्रतिबद्धता र सहमतिको कार्यान्वयनको समीक्षा गरिएको छ । सम्मेलनमा क्षेत्रीय सिड बैङ्क स्थापना, औद्योगिक वस्तुहरूको क्षेत्रीय गुणस्तर चिह्न, डिजास्टर रेस्पेान्स मेकानिजम र सार्कको मूल्याङ्कनका लागि बहुपक्षीय व्यवस्था र क्षेत्रीय मानकको कार्यान्वयनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्मेलनले २५ वर्षदेखि रोकिएको ‘हिन्द महासागर माल तथा यात्रुबाहक सेवा सञ्चालन’ प्रस्ताव अनुमोदन गरी पहिलो चरणको काम सुरु गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रका कामु सचिव दुर्गा भट्टराई, सहसचिव भरतराज पौडेल, उपसचिव प्रकाशमणि पौडेल, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, परराष्ट्रका अधिकृत मोदिता बज्राचार्य, प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डे, परराष्ट्रमन्त्रीका स्वकीय सचिव सुसन कर्माचार्य र दुई सुरक्षाकर्मी माल्दिभ्स गएका थिए ।
सम्मेलनमा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह, भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले, पाकिस्तानी प्रधानमन्त्री युसाफ राजा लिगानीलगायतसँग भट्टराईको भेट भएको थियो  ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया