Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

काठमाडाैं – अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तिको अवसर पारेर ‘ अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अध्यक्ष माइलाले स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप उर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउँदै भने, ‘विगतमा पनि प्रतियोगिताहरू नभएका होइनन्, तर अबदेखि हुने प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीन बनाउने हाम्रो उदेश्य रहेको छ ।

जहाँ राष्ट्रकविप्रति सच्चा सम्मान पनि प्रकट हुनेछ ।’ त्यस्तै, बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले अनेसासको यस किसिमको नयाँ कार्यको प्रशंसा गर्दै भनिन्, ‘संसारभर छरिएर रहेका स्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान महोत्सवले थप बल पुर्याउने छ ।

केन्द्रीय समितिको यो निर्णयले पक्कै दीर्घकालिन प्राभाव छोड्नेछ ।’ प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ । समितिमा अनेसासका महासचिव सर्वज्ञ वाग्ले, र सदस्यहरू डा. रेणुका सोलु, प्रमोद सारङ्ग र महेश्वर शर्मा रहेका छन् ।

सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । त्यस्तै, दुई हजार दुई सयभन्दा धेरै आजीवन सदस्य रहेका छन् । महोत्सव राष्ट्रकवि माधवप्रसाद घिमिरे जन्म जयन्तीको अवसर पारेर आयोजना गरिने छ ।

उक्त महोत्सवमा विश्वभरि फैलिएर रहेका नेपाली भाषीले सेप्टेम्बर ६ तारिक भित्र [email protected] मा कविता पठाइ सहभागिता जनाउन सक्नेछन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार राशि क्रमश: ५ सय, ३ सय र २०० अमेरिकी डलर राखिएको छ ।

तपाईको प्रतिक्रिया