Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – जापानमा साहित्यिक चौतारी नेपालको शाखा विस्तार गरिएको छ । नेपाली भाषा साहित्यको विकास/विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्यले गठित साहित्यिक चौतारी नेपालको शाखा जापानमा विस्तार गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापान शाखाको अध्यक्षमा बिन्दा पराजुली बराल चयन भएकी छिन् । शुक्रबार भर्चुअल माध्यममार्फत भएको भेलाले बरालको अध्यक्षतामा १३ सदस्यीय जापान शाखाको गठन गरेको हो । गठित शाखाको उपाध्यक्षमा अमरदेव बास्तोला र सरिता ढकाल चयन भएका छन् ।

त्यस्तै सचिवमा राजबिन थापा र सहसचिवमा लक्ष्मी रेग्मी रहेका छन भने कोषाध्यक्षमा गीता शर्मा र सहकोषाध्यक्षमा मनकुमारी अमागाईलाई चयन गरिएको छ । शाखाको सदस्यहरूमा सुष्मा पोखरेल, शारदा पाण्डे, अर्चना न्यौपाने, सुजाता शर्मा, रमिता ढकाल र नेत्रा शर्मा छन् ।

वरिष्ठ साहित्यकार डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा र विशिष्ट अतिथिको रूपमा नेपाल राजदूत उपनियोग प्रमुख अम्बिका जोशी, गजल शिरोमणि एवं वरिष्ठ साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, साहित्यिक चौतारी नेपाल केन्द्रीय अध्यक्ष गीता भण्डारी, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीलगायतको सहभागीता थियो । सहभागीहरुले आफ्नो मन्तव्यसहित रचना वाचनसमेत गरेका थिए ।सो अवसरमा अतिथि स्रष्टा वरिष्ठ गजलकार टक गुरुङ, आवाज शर्मा र आर्य आयुषालगायत कवियित्रीद्वय ओमकुमारी बञ्जारा रानाभाट र रेजिना आपागाईंले रचना वाचन गर्नुका साथै साङ्गीतिक प्रस्तुतितर्फ वरिष्ठ गजल गायक राज सागर एवं नव गायिका सिवानी कार्कीको प्रस्तुति रहेको थियो ।

नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, मातृशन्देस डटकमका प्रधान सम्पादक एवम् नेपाल पत्रकार महासंघ जापानका सचिव शान्त पहरी, नेपाल आदिवनसी जनजाती पत्रकार महासंघ जापानका अध्यक्ष फुर्वा शेर्वाले शुभकामना मन्तव्य राखेका थिए । भेलाको अध्यक्षता जापान शाखा अध्यक्ष बिन्दा पराजुली बराल र सञ्चालन जापान शाखा सचिव राजबिन थापाले गरेका थिए भने स्वागत मन्तव्य सरिता ढकालको रहेको थियो ।

साहित्यिक चौतारी नेपालबारे
साहित्यिक चौतारी नेपाल, नेपाली भाषा साहित्यको विकास, विस्तारसँगै सामाजिक कार्य गर्ने उद्देश्य बोकेको विल्कुलै गैर नाफा मूलक संस्था हो । २०७१ साल माघ २६ गते स्थापना भएको यो संस्थाले २०७४ साल जेष्ठ २८ गते नेपाल सरकारबाट मान्यता प्राप्त गरेर सफलताको पहिलो नतिजा प्रस्तुत गरेको थियो ।

काठमाडौँ महानगरपालीका १६ वनस्थलीमा केन्द्रीय कार्यालय रहेको यससंस्थाले अनलाइनको माध्यम हुँदै नेपालका ७ वटै प्रदेश र विश्वका विभिन्न देशहरूमा आफ्ना शाखाहरू विस्तार गरिसकेको छ । अनवरत साहित्यको सेवामा तल्लीन साहित्यिक चौतारी नेपालले भारत, मलेसिया, ग्रीस, इजरायल र साउदी हुँदै जापानमा पनि आफ्ना शाखाहरू विस्तार गरेको हो । यसैगरी जिल्ला तथा इकाई कमिटीको हकमा बारा जिल्ला कमिटी तथा पूर्वमा तेह्रथुम र मोरङमा गरी १५ वटा स्कुलमा साहित्यिक चौतारी नामक इकाइ कमिटी गठन गरेर २८ शाखा, जिल्ला र इकाइ कमिटी गठन गर्न सफल भएको छ ।

यति मात्रै होइन यस संस्थाले सामाजिक सेवाको हेतुले विभिन्न रोगबाट पीडित तथा विपदमा परेकाहरूलाई सहयोग गर्दै आएको छ । चौतारी स्थापनादेखि हालसम्म केन्द्र, शाखा, उपशाखाहरूको बेग्लाबेग्लै पहलमा करिब २३ लाख बराबरको आर्थिक सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया