Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक विदेशीले कस्तो अवस्थामा रि-इन्ट्री परमिट् लिन अनिवार्य हुन्छ र तोकुतेइ गिनोउ भिसाबाहकले आफ्ना परिवारका आश्रित सदस्यहरुलाई डिपेन्डेन्ट भिसामा बोलाउन नमिल्नुको कारण बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

जापानमा बस्ने अनुमति भएका बिदेशी नागरिक जापान छोड्ने बेलामा, फेरि जापान छिर्ने अवस्था भएमा रि-इन्ट्री परमिट्को प्रक्रिया आवश्यक हुन्छ । रि-इन्ट्री परमिट् जापान छोड्नुभन्दा पहिला इमिग्रेशनमा निवेदन दिएर लिनुपर्छ । रि-इन्ट्री परमिट्को निर्धारित अवधि भनेको अहिलेको जाइर्‍युउ कार्डको अन्तिम मितिको दायरामा ५ बर्ष सम्म हुने छ । अस्थायी प्रस्थानको अवस्थामा (१ बर्षभित्रमा जापान फर्केर आउने अवस्थामा) विमानस्थलबाटै (इमिग्रेशन नगए पनि) लिन सकिन्छ । रि-इन्ट्री परमिट्को प्रक्रिया नगरी जापान छोडेमा, रि-इन्ट्री परमिट् लिए पनि परमिट्को अवधिभित्र जापान नफर्किए अहिलेको जाइर्‍युउ कार्डको मान्यता स्वतः रद्ध हुन्छ । एइजु भिसा वाहकको हकमा पनि जापान छोड्ने बेलामा रि-इन्ट्री परमिट्को प्रक्रिया आवश्यक हुन्छ ।

यसैगरी वर्किङ, बिजनेश, कुक अथवा विद्यार्थी भिसा भएका तर सपोर्टर जापान नफर्किने गरी आफ्नो देश फर्किएमा (अस्थायी फिर्तीको मामिला बाहेक) अथवा जापानमा मृत्यु भएमा त्यस्तो अवस्थामा जापानमा हुने उनिहरुको परिवारका सदस्यले भिसा परिवर्तन गर्नुपर्ने हुन्छ । डिपेन्डेन्ट भिसा भनेको सपोर्टरको सपोर्ट लिएर बस्ने श्रीमान वा श्रीमती र बच्चाहरुले पाउने भिसा हो । सपोर्टर ब्यक्ति जापानमा नभएमा वा मृत्यु भएमा डिपेन्डेन्ट भिसामा जापानमा बस्न अनुमति पाईदैन । डिपेन्डेन्ट भिसाबाट वर्किङ भिसा अथवा विद्यार्थी भिसा जस्ता अन्य भिसामा परिवर्तन गर्नु आवश्यक हुन्छ । परिवर्तन गर्न नसकेको खण्डमा आफ्नो देश फर्किनुपर्ने हुन्छ । आश्रितले नै अभिभावकलाई सपोर्ट गर्नुपर्ने अवस्थामा पनि अभिभावकको डिपेन्डेन्ट भिसा बनाउन मिल्दैन ।

यसैगरी तोकुतेइ गिनोउ भिसाको अधिकतम सिमाअवधि ५ बर्षको हुने भएकोले र सो भिसा थप्न नपाईने हुँदा ५ बर्ष पछि अनिवार्य आफ्नो देश फर्कनुपर्ने हुन्छ । त्यसैले परिवारका सदस्यलाई डिपेन्डेन्ट भिसामा जापान बोलाउन औचित्य नरहेकोले यो प्रावधान नराखिएको हो । तोकुतेइ गिनोउ भिसा भनेको २०१९ अप्रिलबाट लागू भएको नयाँ क्याटगोरीको भिसा हो । जापानमा कामदारको चर्को अभाव पूर्ती गर्न विभिन्न १४ वटा कार्यक्षेत्रमा विदेशी जनशक्तिका लागि व्यवस्थापन गर्न यो भिसाको प्रावधान राखिएको हो र जनशक्तिको अभाव पूर्ती हुँदै गएपछि पछि तोकुतेइ गिनोउ भिसा बन्द पनि हुन सक्ने भएकोले तोकुतेइ गिनोउ भिसाको अवधि ५ बर्ष पूरा भएपछि यो भिसा थप्न नमिल्ने बनाइएको हो ।
(स्रोतः तोकुतेइ गिनोउ भिसा सम्बन्धि नियमावलीको दफा १)

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
Tel: 03-6903-8817 Mob.070-4339-4972

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया