Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका बिषयमा जानकारी होस् भन्ने उद्देश्यले सुरु गरिएको प्रश्नोत्तर स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक डिपेन्डेन्ट भिसामा नेपालबाट आफन्त बोलाउने प्रक्रिया बारे चर्चा गरिएको छ । यहाँहरुले पनि देहायको इमेलमा आफ्ना जिज्ञासा पठाउन सक्नुहुने छ ।

प्रश्न : नेपालबाट श्रीमति वा श्रीमान तथा बालबच्चा बोलाउँदा के कस्तो प्रक्रिया गर्नुपर्दछ ?
जबाफ : डिपेन्डेन्ट भिसाको लागि इमिग्रेशनमा आवेदन गर्दा देहायअनुसारको कागजातहरु आवश्यक पर्दछ ।
क. नेपालबाट बोलाउन चाहेको श्रीमान वा श्रीमति र बच्चाको आवेदन फाराम
ख. उनीहरुको फोटो र राहदानीको फोटोकपी
ग. नाता प्रमाणपत्र, विवाहदर्ता प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र
घ. बोलाउने मान्छेको जाइर्‍युउ कार्डको फोटो कपी, पासपोर्टको फोटोकपी
ङ. काम गर्ने कम्पनीको रोजगारी प्रमाणपत्र
च. सिटी अफिसको खाजेइ स्योमेइस्यो वा नोजेइस्योमेइस्यो
छ. बोलाउनुका कारण खुलाइएको पत्र
ज. ज्युउमिनहृयो -पारिवारिक विवरण प्रमाणपत्र)
झ. आयस्रोत र बैंक मौज्दात खुल्ने पासबुकको कपी र तलवी विवरण
ञ. काम गर्ने कम्पनीको विवरण

प्रश्न:डिपेन्डेन्ट भिसाको लागि इलिजिबिलिटी आवेदन गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ?
जबाफ : डिपेन्डेन्ट भिसाको इलिजिबिलिटी आवेदन गर्दा निम्न अवस्थामा अस्वीकृत हुने संभावना बढि हुने गर्दछ ।
क. श्रीमान वा श्रीमति तथा बालबच्चा जापान ल्याएपनि पाल्न सक्ने आयस्रोत नभएमा
ख. नेपालमा भएका परिवारका अन्य सदस्यलाई पनि आर्थिक सहयोग गरिरहेको अवस्था भएमा श्रीमान वा श्रीमति र बच्चाको जापानमा हुने खर्च धान्न नसक्ने अवस्था देखिएमा
ग. जापानमा रहेको व्यक्तिले आयकर तिर्न नसकेको अवस्थामा वा तलवी कर शुन्य येन रहेको अवस्थामा हिखाजेइ देखिएमा यो भन्दा बढि परिवारका सदस्य जापानमा ल्याए पनि पाल्न गाह्रो हुने बुझाई रहेमा
(गेन्सेन पेपर वा खाजेइस्योमेइस्योबाट आय कर के कति लागेको हो यकिन गर्न सकिन्छ)
घ. बोलाउन लागेको बच्चाको उमेर बढि भएमा (पछिल्लो समयमा इमिग्रेशनले डिपेन्डेन्ट भिसामा जापान बोलाउन चाहेको बच्चाहरुको उमेर १५ वर्ष वा सो भन्दा बढिलाई भिसा दिन गाह्रो गरिरहेको अवस्था छ । इमिग्रेशनले १५ बर्ष उमेर पुगेको बच्चा नेपालमा आफै काम गर्न सक्ने भएकोले अभिभावकको रेखदेख आवश्यक नपर्ने भन्ने बुझाई र तर्क रहने गरेको पाईएको छ)
ङ. बोलाउने बच्चाको रोलक्रम अस्वभाविक लागेमा पनि अस्वीकृत हुने संभावना बढी देखिने गरेको छ । जस्तै नेपालमा २, ३ जना वा सो भन्दा धेरै बालबच्चा भएमा केही बच्चाको मात्र आबेदन दिने गरेको र सबैभन्दा सानो बच्चाको आवेदन नगरेको अवस्थामा पनि भिसा अस्वीकृत हुने गरेको पाईन्छ । अभिभावकको रेखदेख चाहिने भनेको सबैभन्दा सानो बच्चाको हो भन्ने बुझाईअनुसार सबैभन्दा सानो बच्चालाई नबोलाएर ठूला भएका बच्चाहरु बोलाउँदा भिसा अस्वीकृत हुने गरेको पाईन्छ ।
च. इमिग्रेशनको परिक्षण केहि बर्ष पहिलेको भन्दा फेरिएको छ । आवेदन स्वीकृत र अस्वीकृत हुने केस अनुसार फरक फरक हुने गर्छ, त्यसैले सम्बन्धित बिषयका जानकारहरुसंग परामर्श लिएर मात्र प्रक्रिया अगाडि बढाउनुहोला ।

यो पनि पढ्नुहोला ।
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ?   

Resource Person: Ogawa Bunkei
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: [email protected] or [email protected]
थप जानाकारीका लागि यहां क्लिक गर्नुहोला । 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया