काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सांसद पदको कार्यकाल ६ वर्ष कायम भएको छ । उहाँ तत्कालिन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको पद भने चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको पदावधि दुई वर्ष कायम गरेको छ ।








