काठमाडाैं – अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्य पद दुई वर्षमात्र कायम भएको छ । आज भएको गोलाप्रथामा उहाँलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो ।
दुई वर्षपछि राष्ट्रियसभा सदस्य नहुने भएपछि खतिवडा अर्थमन्त्री पनि हुने छैनन् । त्यस्तै कोमल वलीको पदावधि चार वर्ष कायम भएको छ । वली पाँच नम्बर प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुनु भएकाे हाे ।








