Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारबाट सुरु हुने आफ्नो चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक परामर्श गर्नु भएको छ । प्रधानमन्त्री ओलीले अाज सिंहदरबारमा पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक भेट गरी आफ्नो चीन भ्रमणबारे जानकारी गराउनुका साथै परामर्श गर्नु भएको हो ।

परामर्शका क्रममा पूर्व प्रधानमन्त्रीहरुले नेपालको विकासमा चीनको लगानी बढाउने विषयमा जोड दिन प्र्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । यस्तै, पारवहन लगायतका सम्झौता कार्यान्वयनमा ठोस सहमति हुने र चीनको आर्थिक विकासबाट नेपालले बढीभन्दा बढी लाभ प्राप्त गर्न प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुने विश्वास पूर्व प्रधानमन्त्रीहरुले व्यक्त गर्नु भएको भेटमा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि दुई देशबीचको सम्बन्ध र आर्थिक साझेदारी उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई सुझाव दिन पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सिंहदरबार पुग्नुभएको थियो ।

यसैबीच पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले चीन भ्रमणका बारेमा प्रधानमन्त्री ओलीलाई १० बुँदे लिखित सुझाव दिनुभएको छ । उहाँले नेपाललाई चीन र भारतबीचको गतिशिल पुलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै दुवै देशसँग आधुनिक भौतिक पूर्वाधारले जोड्ने र राष्ट्रिय आर्थिक विकासमा पनि जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया