Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज अवलोकन गर्दै मन्त्री पण्डितले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको बताउदै कुनै पनि बाहानामा आलटाल नगरी तोकीएकै समयभित्र र्निमाण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

पोखरा महानगरपालिकाका मेयर, उपमेयर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख, चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका प्रतिनिधि, कन्सल्टेण्टर स्थानीयको समेत सहभागीतारहेको छलफल कार्यक्रममा मन्त्री पाण्डीतले विमानस्थल निर्माणका क्रममा कुनै समस्या भए नभएको चासो राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया