Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – लोकप्रिय गायक जिबि सुनार र गायिका जुना डिसीको स्वरमा रहेको लोक दोहोरी गीत ‘जीवनको रंग…’ यूट्यूवमा सार्वजनिक भएको छ । माया प्रेमको भाव समेटिएको गीत म्युजिक नेपालको यूट्यूव च्यालनमार्फत सार्वजनिक भएको हो ।

‘माया नै हो जीवनको रंग…’, ‘नसाटे है मायाले धनसंग..’ बोल रहेको गीतले माया र जीवनमा मायाको कस्तो महत्व रहन्छ भन्ने बोलेको छ । गीतमा लय तथा शब्द गायक जिबि सुनारकै छ भने महेश विक्रम पाण्डेको संगीत रहेको छ ।

रविन शाहले निर्देशन रहेको गीतको म्युजिक भिडियोको छायांकन सन्तोष सुनारले गर्नुभएको हो भने सम्पादन अमृत चापागाईको रहेको छ । गीतको म्युजिक भिडियोमा रविन शाह र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया