काठमाडौं – प्रतिनीधिसभामा आज विनियोजन विद्येयक बारे छलफल हुँदैछ ।
राजधानीको बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे पछि बस्ने बैठकमा आज संचार तथा सूचना प्रविधि, खानेपानी, कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छफल हुनेछ ।
यस्तै कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतको बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयका सह–प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।
विनियोजन विद्येयकमा छलफलका लागि आजदेखि १ साताको समय छुट्याईएको छ । यसअघि गत आईतबारबाट प्रतिनिधिसभामा दफाबार छलफल हुने भनिएपनि आवश्यक तयारी नपुगेको भन्दै सभामुख कृष्णबहादुर महराले स्थगित गर्नुभएको थियो ।
सरकारले आगामी आर्थिक बर्षका लागि गत १५ गते १३ खर्ब १५ अर्ब हाराहारीमा बजेट ल्याएको थियो । विनियोजन र आर्थिक विद्येयकमा छलफल पछि मध्य असार सम्ममा बजेट पारित गर्ने गरी तयारी भईरहेको संसद सचिवालयले जनाएको छ ।








