Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – आजदेखि मनसुन सक्रिय हुने मौसमविदले बताएका छन् । मौसमविद समिर श्रेष्ठले दिनुभएको जानकारी अनुसार पूर्वी क्षेत्रबाट मनसुन सक्रिय हुने संकेत देखिएको छ । एक हप्तासम्ममा देशका सबै ठाउँमा मनसुन सक्रिय हुने उहाँले जानकारी दिनुभयाे ।

नेपालमा मनसुन प्रवेश गरेको ६ दिन बितिसक्दा समेत मनसुन सक्रिय नहुँदा गर्मी बढेको छ ।    जल तथा मौसम विज्ञान विभागले गएको जेठ २५ गते नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि दिउँसो घाम चर्कने र बदली हुने गरेको छ ।

क्षणिक बदली हुने र घाम लाग्नेक्रमले गर्दा बढी गर्मी भएको हो । तीन दिनसम्म काठमाडौँको अधिकतम तापक्रम ३१ देखि ३१.५ सेल्सियससम्म पुगेकामा हिजो ३० डिग्री सेल्सियसमा झरेको छ ।

नेपालगंज, धनगढी लगायत ठाउँमा भने तापक्रम ४० डिग्रीको हाराहारीमा पुग्ने गरेको छ । आज दिउँसोदेखि धेरै ठाउँमा पानी पर्ने भएकाले गर्मी केही कम हुने जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

तपाईको प्रतिक्रिया