काठमाडाैं – जुम्लामा तारा एयरको विमान दुर्घटनाबाट जोगिएको छ । जुम्लाका लागि नेपालगन्जबाट अाज दिउँसो २ बजेर ६ मिनेटमा उडेको तारा एयरको ट्वीनअटर अवतरणका क्रममा अगाडिको पांग्रा (ल्याण्डिङ गेयर) पन्चर हुँदा जहाज धावनमार्ग भन्दा बाहिर गएको छ ।
नेपालगन्ज बिमानस्थल प्रमुख प्रतापबाबु तिवारीका अनुसार धावनमार्गबाट असन्तुलित हुँदै बाहिर निस्केको जहाज आवासगृहतर्फको फेन्समा ठोक्किएको थियो । २ बजेर ४० मिनेटमा विमान अवतरणा गर्न लागिएकाे थियाे । विमानमा रहेका१८ यात्रु र ३ जना चालक दलका सदस्य सबै सकुशल छन् ।
जहाजको नोज (अगाडिको भाग)मा क्षति पुगेको तारा तथा यति एयरका मिडिया म्यानेजर भीमराज राईले बताउनुभयाे । नेपालगन्जदेखि जुम्लाको उडान समय २५ मिनेट हो । यो विमानका क्याप्टेन जेके निरौला थिए ।








