Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं –  साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।

काठमाडौं, जेठ २३ । साउदी अरबका महिलाले पहिलो पटक सवारी चालक अनुमतिपत्र पाएका छन् ।

सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरिएको हो । साउदीका राजकुमार मोहम्मद बिन सलमानले केही दिन अघि महिलालाई सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय लिनुभएको थियो ।

अब यही जुन २४ देखि साउदी अरममा महिलाले सडकमा सवारी चलाउन पाउने छन् । यसका लागि महिलालाई लाइसेन्स वितरण गरिएको हो ।

सोमबार राजधानी रियादसहितका केही शहरमा १० जना महिलालाई लाइसेन्स वितरण गरिएको र आगामी हप्तासम्म २ हजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

लाइसेन्स पाएसँगै सडकमा गाडि चलाउने आफ्नो सपना पूरा भएको साउदीका महिलाले बताएका छन् ।

तपाईको प्रतिक्रिया