Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

टोकियो – जापानमै रहेकी लोक तथा दोहोरी गायिका रेखा थापा मगरले नयाँ शैलीको लोक पप ’म त चुलबुले नानी’ बजारमा ल्याएकी छिन् ।

प्रेमसागर पौडेलको लय, शब्द तथा संगीत रहेको गायिका थापाको ’चुलबुले नानी’ रक्षा नेपालले युट्युबमार्फत हालै बजारमा ल्याएको हो । अञ्जली अधिकारी र निर्मल क्षेत्रीको अभिनय रहेको चुलबुले नानीको हेमन्त शिशीरले एरेञ्ज गरेका हुन् भने निर्देशन बिक्रम चौहानको रहेको छ ।प्रकाश खड्काको छायाङ्कन रहेको चुलबुले नानी म्युजिक भिडियोको पदम सुबेदीले सम्पादन गरेका हुन् ।

गायिका थापाको धौलागिरी झर्‍यो कालीखोला बाँचे भेट होला, लाहुरे खोर्खाली कर्णाली तरेर जाउँला महाकाली, सम्झी सम्झी किन रुन्छ मन लगायतका दोहोरी गीत र रोधीमा भेटियो, बागलुङको बजार सालैजो यसअघि नै बजारमा आईसकेका छन् । लगत्तै अर्को एउटा सालैजो आउने तयारीमा रहेको गायिका थापाले समुद्रपारिलाई बताईन् ।

पछिल्लो गीत ’म त चुलबुले नानी’ हेरेर, सुनेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन गायिका थापाले दर्शक-स्रोताहरुलाई अनुरोध गरेकी छिन् । बिदेशको ब्यस्तताको बाबजुद पनि नेपाली गीत तथा संगीतको साधना एवं सिर्जनामा लागिपर्ने कलाकारहरुको संख्या जापानमा दर्जनौ पुगिसकेको छ । पछिल्लो समयमा एक पछि अर्को गर्दै जापानबाट नयाँ नयाँ साँगीतिक सिर्जनाहरु निर्माण भईरहेका छन् ।***

 भिडियो हेर्न यो तस्विरमा क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया