काठमाडाैं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो भन्नुभयो । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन गरिने दुई देशबीचको सो सहमतिमा उल्लेख छ ।
उहाँले नेपालमा भन्दा भारतमा पेट्रोल २२ र डिजेल २५ रुपैयाँ महँगो भएका कारण भारतीयहरुले नेपालबाट तेल लैजाने गरेको बताउनुभयाे । उहाँले तेलको मूल्य समायोजन नहुने हो भने आयल निगम टाट पल्टने बताउनुभयाे ।








