Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका सांसद पम्फा भुसालले प्रतिनिधिसभा भवनमा कुर्सी र माइकका विषयलाई लिएर असन्तुष्टि जनाउनु भएको छ । आज संसदको विशेष समयमा बोल्दै उहांले सिट अप्ठेरो भएको, ताली बजाउने टेबुल नभएको र हात राख्ने ठाउँ पनि नभएको गुनासो गर्नुभयो ।

संसदको विशेष समयमा सुरुमा नै सभामुख कृष्णबहादुर महराले भुसाललाई बोल्न समय दिनुभएको थियो । तर भुसालको माइक चलेन । उहांले बोल्न थाल्नुभयो, आवाज सुनिएन । केही बेरपछि मात्र माइकले काम गर्‍यो । त्यसपछि भुसालले भनिन् ‘सम्माननीय सभामुख महोदय म सुरुमा नै यो माइकबारे कुरा गर्न चाहन्छु ।’

उहांले आफूलाई संसद्मा बस्दा प्राइमरी स्कुल पढ्दा घरबाट चकटी लिएर गएको अवस्था सम्झना भएको पनि बताउनुभयो । ‘म जुन सिटमा बस्छु यो माइकको हालत पनि यस्तो छ । मसँग पाखुरा राख्ने ठाउँ पनि छैन । ताली बजाउने टेबुल पनि छैन’ उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया