Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

काठमाडाैं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास विमस्टेकको चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

बैठकले शिखर सम्मेलनको मिति आगामी भदौ १४ र १५ गते अथवा २१ र २२ गते गर्ने प्रस्ताव सदस्य राष्ट्रहरुसँग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो । यस्तै सरकारले जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय तथा कारगार कार्यालयको संगठन संरचना तथा दरबन्दी पनि स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद बैठकले काठमाडौं-तराई प्रदेश मार्ग सडक आयोजना सञ्चालन कार्यविधी, २०७५ लाई पनि स्वीकृत गरेको छ । यस्तै सरकारले प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकलाई संसदमा पेश गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । यस्तै कृषि जैविक विविधता संरक्षण तथा सदुपयोगसम्बन्धी विधेयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरिएको प्रवक्ता बास्कोटाले बताउनुभयो  ।

सरकारले विद्यार्थी भर्ना अभियान अन्तरगत अझै ५९ हजार विद्यार्थीहरु विद्यालय नगएको पाइएको उल्लेख गर्दै उनीहरुलाई पनि विद्यालय ल्याउन दोस्रो चरणको भर्ना अभियान संचालन गर्ने निर्णय समेत गरेको बास्कोटाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया