Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई दश वर्षभित्र नयाँ गतिमा लैजाने बताउनु भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा आज घान्द्रुकमा उहाँले भन्नुभयो, ‘सात दशक राजनीतिक परिवर्तनमा बितायौँ, अब नेपालीलाई खुसी बनाउन समय खर्चन्छौँ ।’

उहाँले पार्टी एकता गरेर जनतासमक्ष गरेको वाचा कबुल पूरा गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब समृद्ध नेपालको वाचा पूरा गर्न एकताबद्ध भएर अघि बढ्छौँ ।’ उहाँले कास्की र अन्नपूर्ण गाउँपालिकाको विकासका लागि आप्नो तर्फबाट गर्न सक्ने सबै पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गाउँपालिकालाई नेपालकै मोडलका रुपमा स्थापित गरेर विश्वभरका मानिस एकपल्ट जानैपर्ने गन्तव्यमा विकास गर्न आप्नोविशेष जोड रहने उहाँको भनाई छ । आजै अन्नपूर्ण आधार शिविरको अवलोकन गरेर फर्किनु भएका दाहालले त्यहाँ रहेका होटलको विस्तारमा पर्यटन मन्त्रालयसँग समन्वय गर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया