Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडाैं – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका बझाङ जिल्लाका पूर्वसभापति ज्योतिप्रकाश जोशीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत नेता जोशीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

लामो समयदेखि मुटु रोगबाट पीडित जोशीको शनिबार कैलालीको धनगढीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले स्वर्गीय जोशीले पुर्याउनुभएको योगदान पार्टीमा सदा स्मरणीय रहिरहने उल्लेख गर्दै जोशीको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । स्वर्गीय जोशीले विसं २०३६ को जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०४२ को सत्याग्रह, विसं २०४६ को ऐतिहासिक जनआन्दोलन र विसं २०६२-०६३ मा निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलनका क्रममा उहाँले जेल जीवन व्यतित गर्नुभएको थियो । स्वर्गीय जोशी दुई कार्यकाल बझाङ जिल्लाको सभापति हुनुभएको थियो । उहाँले नेपालमा लोकतन्त्र स्थापनाको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको काँग्रेसले जनाएको छ । उहाँका श्रीमती, दुई छोरी र तीन छोराहरु हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया