काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिष्ट बिचारधारा पतनको दिशातिर उन्मुख हुुदै गएको बताउनु भएको छ । नेपालमा कम्युनिष्ट पार्टीले गत निर्र्वाचनमा पाएको सफलतालाई उपसभापति निधिले मर्ने बेलामा कमिलाको प्वाख पलाएजस्तो भएको टिप्पणी गर्नुभयो ।
उहाले भन्नुुभयो- ‘जसरी मर्ने बेलामा कमिलाको प्वाख पलाउछ त्यसैगरी समाप्त हुने बेलामा नेपालमा कम्युनिष्ट सरकार गठन भएको छ ।’ बन वातावरण श्रमिक संघको दोस्रो केन्द्रीय महाधिबेशनको आज राजधानीमा उद्घाटन गर्दै उहाले बिचारधाराको परिबर्तनसंगै कम्युनिष्ट शासन पनि पतनको दिशातिर उन्मुख भएको उल्लेख गर्नुभयो । सरकारका १०० दिनको उपलब्धी हेर्दा आश गर्ने कुनै ठाउ बाकी नरहेको उहाको भनाई थियो । सरकारले सय दिनको समय पार्टी मिलाउनमै खर्च गरेको भन्दै पूूर्ब उपप्रधानमन्त्री समेत रहेका निधिले भन्नुुभयो- ‘सरकारले संघीयता, समाबेशिता बिरुद्ध सिण्डिकेट खडा गरेको छ ।’
रक्सौल र कोराला नाकाबाट काठमाडौंमा रेल गुडाउने कुरा गरेर कम्युनिष्ट सरकारले भारत र चीनको चाकडी गर्नुबाहेक अरु केही काम नगरेको बताउनु भयो । ‘बर्षौंदेखिको हुलाकी राजमार्ग बनाउने कुरा भारतले होल्ड गरेर राखेको छ’, उपसभापति निधिले भन्नुुभयो- ‘अब काठमाडौंमा रेल ल्याउने कुरा पनि त्यसैगरी होल्ड गरेर राख्छ ।’ त्यसैले अहिलेको सरकारले हुलाकी राजमार्गको काम अगिाडि बढाएन भनेर सोध्नुनर्पेमा त्यसो नगरी चाकडी गरेको टिप्पणी गर्नुभयो । आत्मप्रशंसामा समय खर्च गरेको सरकारका हरेक गतिबिधि अधिनायकबादतर्फ उन्मुुख भएको उपसभापति निधिको भनाई थियो ।








