Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – काभ्रेको खोपासीस्थित २ दशमलव ४ मेगावाट जडित क्षमताको पनौती जलविद्युत गृहलाई शैक्षिक ग्रामको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयबीच विद्युत गृहलाई शैक्षिक र अनुसन्धान केन्द्रको रुपमा प्रयोग तथा विकास गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

धुलिखेलमा आज आयोजित कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा. रामकण्ठ मकाजू श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । विद्युत गृहको सदृढीकरण, नया संरचना निर्माण लगायतका सम्पूर्ण काम विश्वविद्यालयले गर्ने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

यसबाट प्राधिकरणको सम्पत्तिको संरक्षण र सदुपयोग हुने घिसिङको दाबी छ । विद्युत गृहको सञ्चालन भने प्राधिकरणले नै गर्ने छ । गत वर्ष सो विद्युत गृहबाट २६ लाख ३० हजार युनिट विद्युत उत्पादन भएको थियो ।

तपाईको प्रतिक्रिया