Deneme Bonusu Veren Siteler
बिहिबार, असार ४, २०८३
Thursday, June 18, 2026

काठमाडौं – मोहन खड्काको पहिलो कोसेली ‘पागल प्रेमी…’ यूट्यूवमा सार्वजनिक भएको छ । युवा पुस्ताको माया-प्रेमलाई समेटिएर बनाएको लोक दोहोरी गीत ‘पागल प्रेमी…’ले चर्चा बटुल्न थालेको छ । प्रेम-प्रेमिका एकअर्का भन्दा टाढा रहदाको भावलाई गीतमा समेटिएको छ ।

भावना म्युजिक सोलुसनले बजार व्यवस्थापन गरेको गीतमा मोहन खड्का र टीका पुनको स्वर रहेको छ भने गीतमा मोहन खड्का र स्यारोन रेग्मीको शब्द तथा मन्जिल मोहन कार्कीको लय रहेको छ ।

गीतको म्युजिक भिडियोको निर्देशन कपिल लामा तथा सम्पादन अमर शाक्य गरेका हुन् । यस्तै गीतको छायांकन रजेश घिमिरेले गरेका छन् । म्युजिक भिडियोमा बिमल अधिकारी र इसु भण्डारीको अभियन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया