काठमाडौं – रक्षामन्त्री इश्वर पोखरेलको सबैजसो सम्पत्ती उनकी पत्नी मिरा पोखरेलको नाममा रहेको छ । मिराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर रहेको छ ।
त्यसैगरी भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना, धादिङ खानीखोलामा ४ रोपनी जग्गा मिराकै नाममा रहेको उल्लेख गरिएको छ । यता सुनचाँदीमा ९ तोला सुन र २५ तोला चाँदी उल्लेख गरिएको छ । यता नेपाल राष्ट्र बैंकमा मिराको पेन्सन वचत रहेको छ भने एभरेस्ट बैंकमा १ लाख ४० हजार र सानिमा बैंकमा ५ लाख मौज्दत रहेको छ ।
मीराकै नाममा बरुण हाइड्रोमा १० हजार शेयर, कृषि विकास बैंक २०० र मोडर्न कन्या मल्टिपल कलेजमा ५ हजार बराबरको सेयर रहेको छ । रक्षामन्त्री ईश्वरको नाममा झापामा १० कट्ठ पैत्रिक सम्पत्ति र ७ लाख बैंक मौज्दतमात्र रहेको उल्लेख गरिएको छ ।








