टोकियो – तीन बर्षे प्रशिक्षार्थी कामदारकारुपमा जापान आएका तीनजना नेपाली महिलाहरु यहि मई ९ तारिखदेखि हराएका छन् । तोयामा सिटीको एक कम्पनीमा प्रशिक्षार्थी कामदारकारुपमा कार्यरत ६ जनाको समूहमा रहेका ती महिलाहरुमध्य ३ जना अचानक सम्पर्कबिहिन हुन पुगेका हुन् ।।
बर्ष ३४ कि कोपिला वन, बर्ष २६ कि ममता चौधरी र बर्ष २५ कि धनकुमारी आचार्य तीन बर्ष अवधि पुरा गरी स्वदेश फ़र्कने बेलामा एकाएक सम्पर्कबिहिन भएका हुन् । सम्पर्कबिहिन हुन पुगेका तीन महिलाहरुलाई भेट्नुहुने महानुभावहरुले देहायका ब्यक्तिहरुलाई खबर गर्न अनुरोध गरिएको छ । उनीहरुसंगै रहेका बाँकी ३ महिलाहरुले हराएकाहरु बारे केहि जानकारी नभएको बताए ।
बैदेशिक रोजगारीका लागि आकर्षक गन्तब्य मानिने जापानमा नेपालीका लागि दशकौं पहिलेदेखि प्रशिक्षार्थी कामदारहरुलाई ढोका खुल्ला गरिए पनि बिभिन्न कारणवश अपेक्षित नेपालीहरु भित्रिन सकेका छैनन् । प्रशिक्षार्थी कामदार सम्बन्धी सम्झौताअनुसार निश्चीत अवधिपश्चात स्वदेश फ़र्कनुपर्नेमा यसरी सम्झौता बिपरित गायव हुनुले नेपाल-जापानबिचको प्रशिक्षार्थी कामदार सम्बन्धि सम्झौतामासमेत नकरात्मक असर पर्ने मात्र नभई सिंगो मुलुकको प्रतिष्ठा र मुलुकबासीको भविष्यसंग जोडिएको बिषयमा धक्का पुग्ने भएकोले जहाँ भएपनि सम्पर्कमा आई पूर्व घोषित सर्त तथा नियमलाई पालना गर्न ध्यानाकर्षण गराईएको छ ।
सम्पर्कः
दिवाकर: 090-3610-4526
नारायण: 090-9160-5782