Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं  – निजी आवास पुनर्निर्माणको लागि आउँदो असार मसान्तभित्र अनुदान सहयोग वापतको सबै किस्ता लिइसक्न सरकारले आग्रह गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सूचना निकालेर गएको वर्ष पुस मसान्तसम्म पहिलो किस्ता लिएका लाभग्राहीले आउँदो पुस मसान्तसम्म दोस्रो र जेठ मसान्तसम्ममा तेस्रो किस्ता लिइसक्नुपर्ने बताएको हो ।

यस्तै लाभग्राहीको सूचीमा परे पनि अनुदान सम्झौता नगरेका लाभग्राहीले जतिसक्दो छिटो अनुदान सम्झौता गरि आउँदो कात्तिकसम्ममा पहिलो किस्ता लिइसक्नु पर्नेछ । कात्तिक मसान्तसम्ममा पहिलो किस्ता लिएका लाभग्राहीले चैत मसान्तसम्म दोस्रो र असार मसान्तसम्ममा अन्तिम किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आउँदो भदौ ३१ गते भित्रमा १४ जिल्लामा ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २ सय ७८ परिवारको छुट सर्वेक्षण गरि कुल १ लाख ३३ हजार ३ सय ६० परिवारको सर्वेक्षण गरिसक्ने लक्ष्य लिएको छ ।

गुनासो दर्ता गराएकामध्ये यस अघि नै ३९ हजार ९७ परिवार पुनर्निर्माण अनुदान लाभग्राही र १३ हजार ५ सय ६५ परिवार प्रबलीकरण लाभग्राहीमा गुनासो सुनुवाईमार्फत परिसकेका प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक र दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ ।

१४ जिल्लामा २ लाख ७ हजार ५ सय परिवारले गुनासो दर्ता गराएका थिए । सर्वेक्षणको काम इन्जिनियर र स्थानीय सामाजिक परिचालकले गर्नेछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया